मुख्य सामग्रीमा जानुहोस्
प्रदीप गिरि इन्स्टिच्युट — प्रदीप गिरिको विरासतको सम्मान

नैतिक राजनीतिमा अटल विश्वास राख्ने समाजवादी नेता स्व. प्रदीप गिरिको विरासतप्रति समर्पित एक गैरनाफामूलक संस्था।

प्रदीप गिरिका रेखाचित्रहरू

घोषणा

प्रदीप गिरि फेलोसिप

आवेदनखुला भएको छ

मिति
स्थान
पिप्रा–१४, वीरगन्ज

नैतिक राजनीति, समावेशी लोकतन्त्र र सामाजिक न्यायको प्रवर्द्धन

हाम्रोबारे

प्रदीप गिरि इन्स्टिच्युट (PGI) बारे

प्रदीप गिरि इन्स्टिच्युट एक गैरनाफामुलक, तटस्थ संस्था हो। नेपाली राजनीतिका नैतिक मार्गदर्शक, प्रतिबद्ध समाजवादी र सत्ताभन्दा जनतालाई शीर्षस्थानमा राख्ने एक दुर्लभ नेता प्रदीप गिरीको जीवन र विरासतको सम्मान हेतु यो संस्था स्थापना गरिएको हो।

प्रदीप गिरि फगत एक राजनेताभन्दा अधिक हुनुहुन्थ्यो। वहाँ एक गहन चिन्तक, करूणामयी मार्गदर्शक एवम् सहानुभूति र दृढ विश्वासबाट प्रेरित रूपान्तरणमा प्रतिबद्ध व्यक्ति हुनुहुन्थ्यो। वहाँ जीवनभर नैतिक राजनीति, समावेशी लोकतन्त्र, संघीयता र वञ्चितिकरणमा परेका व्यक्तिहरूको न्यायका पक्षमा उभिनुभयो। वहाँ नेपाल-भारतमाझ बलियो र जनता-जनताबीचको आपसी सम्बन्धमा विश्वास गर्नुहुन्थ्यो।

प्रदीप गिरिको विचारलाई जीवन्त राख्न र वहाँले आत्मसात गर्नुभएको मूल्य-मान्यताहरूलाई अगाडि बढाउन PGI स्थापना भएको हो। यो गहन चिन्तन, विचार र सार्थक क्रियाकलापका लागि एउटा मञ्च पनि हो। जसले वहाँको आदर्श जीवनका विविध पक्षहरूलाई उजागर गर्दै आम मानिसलाई प्रेरित गर्ने जमर्को गर्छ।

वहाँको मित्रभाव र प्रतिष्ठा सीमापार फैलिएको थियो। आफ्नो राजनीतिक जीवनका सुरुआती दिनहरू विताएको बनाराससँगको आत्मीयता त वहाँको जीवनीको एउटा विशेष हिस्सा नै बनेको छ। शैक्षिक साझेदारी र सांस्कृतिक आदान-प्रदानमार्फत PGI यी खास सम्बन्धहरूको सम्मान गर्दछ र यिनलाई जीवन्त बनाइराख्दछ।

राजनीति प्राय: अदूरदर्शी वा स्वार्थी देखिइरहँदा PGI सिद्धान्त र संवेदनामा आधारित नेतृत्वको झल्को देखाउने विश्वास राख्दछ। यो संस्था फगत एउटा असाधारण व्यक्तित्वलाई सम्झिरहन नभई बरू एउटा अधिक न्यायसंगत, समावेशी र आशावादी समाजका सम्बन्धमा उहाँको दृष्टिकोणलाई अगाडि बढाउनका लागि हो। यसको दीर्घकालीन लक्ष्य चाहिँ प्रदीप गिरिको नाममा एउटा लिबरल आर्ट्स कलेज स्थापना गर्नु हो।

हाम्रो उद्देश्य

  1. १

    शोध तथा दस्तावेजीकरण

    • प्रदीप गिरिका लेखहरू, भाषण एवम् विचारहरूलाई एकत्रित, संरक्षण एवम् प्रकाशित गर्नु।
    • वहाँका मूल्यमान्यता र दृष्टिकोणमा आधारित नयाँ शोधहरूलाई बढावा दिनु।
    • वहाँका पत्र, निबन्ध, भाषण र अन्य महत्वपूर्ण योगदानहरू संग्रहित गर्नका लागि एउटा डिजिटल र भौतिक संग्रह बनाउने।
  2. २

    सम्बाद तथा सार्वजनिक सहभागिता

    • प्रदीप गिरिका दृष्टिकोणबाट निर्दिष्ट भई समसामयिक मुद्दाहरूमा सम्मेलन, वार्ता, स्मृति ब्याख्या तथा जनसभाहरू आयोजना गर्ने।
    • सम्बाद र शिक्षालाई बढावा दिन विश्वविद्यालय, नागरिक समाज र सरकारी संस्थाहरूसँग मिलेर काम गर्ने।
  3. ३

    नीति तथा बहस

    • संघीयता, समावेशिता र सामाजिक न्यायलाई बढावा दिने नीतिहरूको निर्माण तथा प्रबर्द्धन।
    • दलित, मधेशी, आदिवासी, जनजाति, महिला, LGBTQIA+ समुदाय तथा वञ्चितिकरणमा परेका मानिसहरूको अधिकार पक्षधर आन्दोलनमा समर्थन जनाउने।
  4. ४

    फेलोसीप र शिक्षा

    • PGI को मूल्यमान्यता आत्मसात गर्ने युवा विचारक एवम् अभियन्ताहरूका लागि शोध फेलोसीप र नेतृत्व कार्यक्रम संचालन गर्ने।
    • युवा, विद्यार्थी तथा समुदायका नेताहरूलाई आबद्ध गरी नयाँ पुस्तामा नैतिक राजनीतिक विचार सिंचित गर्ने।
    • प्रदीप गिरिका नाममा एउटा लिबरल आर्ट्स कलेज स्थापनार्थ काम गर्ने।
  5. ५

    सीमापार सम्बन्ध

    • नेपाल र भारतबीच सेतुका रूपमा रहेर प्रदीप गिरिका दृष्टिकोणहरूलाई अगाडि बढाउने तथा सांस्कृतिक, शैक्षिक नागरिक आदान-प्रदानको माध्यमद्वारा यसलाई विश्वप्यापी विस्तार गर्ने।
    • वहाँको बनारससँगको सामिप्यता र भारतीय वृहद् लोकतान्त्रिक आन्दोलनसँगको आबद्धताप्रति उत्सव मनाउने।

स्मरण

प्रदीप गिरिPradeep Giri

बस्तीपुर, सिराहा · निधन: २० अगस्ट २०२२

प्रदीप गिरि सिराहा जिल्लाको बस्तीपुरका नेपाली कांग्रेस नेता हुनुहुन्थ्यो, र आफ्नो पुस्ताका सबैभन्दा अध्ययनशील राजनीतिक चिन्तकमध्ये एक। जयप्रकाश नारायण र राममनोहर लोहियाको समाजवादी आन्दोलनबाट प्रभावित उहाँले लोकतन्त्र र समाजवाद एकअर्काका पूरक हुन् भन्ने तर्क जीवनभर गरिरहनुभयो।

उहाँ दुवै संविधानसभाका सदस्य हुनुहुन्थ्यो र २०७४ सालमा सिराहा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो। मधेसी जनताका माग सम्बोधन नगरी २०७२ को संविधान जारी हुँदा उहाँले त्यसमा हस्ताक्षर गर्नुभएन, र आफ्नै पार्टीको ह्विपविरुद्ध पनि त्यो अडानमा कायम रहनुभयो।

सबै दलका सहकर्मीहरू उहाँलाई सदनले पर्खेर सुन्ने वक्ता, धैर्यवान् शिक्षक, र सजिलो उत्तरभन्दा राम्रो प्रश्नलाई बढी मूल्य दिने राजनीतिज्ञका रूपमा सम्झन्छन्।

घर
बस्तीपुर, सिराहा
पार्टी
नेपाली कांग्रेस
संविधानसभा
पहिलो र दोस्रो
संसद
सिराहा–१, २०७४ मा निर्वाचित

लोकतन्त्र जोगाउन सत्तामा बस्नेहरूमाथि निरन्तर दबाब कायम राखिरहनुपर्छ।

“To safeguard democracy, you have to keep up pressure on those in power.”

प्रदीप गिरि·द अन्नपूर्ण एक्सप्रेसमा उल्लेख भएअनुसार

फेलोसिप

प्रदीप गिरि फेलोसिप

विचार र कर्म · आवेदन आह्वान · पहिलो समूह, २०८३/८४

स्व. प्रदीप गिरिले आफ्नो पछाडि कुनै गुट, सम्पत्ति वा राजनीतिक विरासतका उत्तराधिकारी छोड्नुभएन। उहाँले दुईवटा संस्कार छोड्नुभयो। उहाँले जीवनभर लेखपढ गर्नुभयो। र, राज्य प्रणालीले किनारामा पारेका मानिसहरूको पक्षमा सधैँ उभिनुभयो।

यो फेलोसिप ती दुवै संस्कारलाई संस्थागत गर्ने प्रयास हो। पहिलो समूहका लागि आवेदन अब खुला भएको छ।

आह्वान पढ्नुहोस् र आवेदन दिनुहोस्

अन्तिम मिति: · आवेदन शुल्क लाग्दैन

प्रदीप गिरि फेलोसिपको पोस्टर: In ideas. In words. Inspiring generations.

कार्यक्रमहरू

हालका कार्यक्रम

फेसबुकमा अपडेट हेर्नुहोस्
  1. ३०

    प्रदीप गिरि फेलोसिपको घोषणा

    पिप्रा–१४, वीरगन्जकात्तिक ३०, २०८३

    प्रदीप गिरि फेलोसिपको औपचारिक घोषणा गर्न र पहिलो समूहका लागि आवेदन खुला गर्न आयोजित पत्रकार सम्मेलन।

    फेसबुकमा हेर्नुहोस्
    कात्तिक ३०, २०८३ मा वीरगन्जमा हुने प्रदीप गिरि फेलोसिपको पत्रकार सम्मेलनको पोस्टर
  2. ६

    He Told Us: In Spirit & Struggle — प्रदीप गिरिको स्मरण

    काठमाडौंभदौ ६, २०८३

    युथ कांग्रेस नेपालसँगको सहकार्यमा आयोजित संवाद र स्मरणको साँझ, जहाँ युवा वक्ताहरूले प्रदीप गिरिले सिकाएका कुरा र तिनको आजको सान्दर्भिकताबारे विचार राखे।

    फेसबुकमा हेर्नुहोस्
    He Told Us कार्यक्रममा बिरुवा समातेर मञ्चमा उभिएका वक्ताहरू
  3. २

    The Idea of Congress

    मङ्सिर २, २०८२

    लोकतान्त्रिक मूल्य सुदृढ गर्न युथ कांग्रेस नेपालसँगको सहकार्यमा आयोजित युवा लोकतान्त्रिक पेसाकर्मी, विचारक, अधिवक्ता र परिवर्तनकर्ताहरूको भेला।

    फेसबुकमा तस्बिर हेर्नुहोस्
    The Idea of Congress कार्यक्रमको ब्यानरअगाडि सामूहिक तस्बिरमा सहभागीहरू

हेर्नुहोस्

भिडियो संग्रह

पहिलो भिडियो आवाजबिना चल्छ। अरू भिडियो हेर्न प्ले बटन थिच्नुहोस्, र आवाज सुन्न स्पिकर बटन थिच्नुहोस्।

प्रदीप गिरि फेलोसिप: आवेदन खुला भएको छ
आवेदन दिनुहोस्